२०८३ असोज २३ गते शुक्रबार

इन्टर कलेज ब्याण्ड कम्पिटिसनको फाइनलमा ११ ब्याण्डको भिडन्त

इन्टर कलेज ब्याण्ड कम्पिटिसनको फाइनलमा ११ ब्याण्डको भिडन्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १२ गते शुक्रबार ०८:११

इन्टर कलेज ब्याण्ड कम्पिटिसनको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने ५० हजार रुपैयाँ र तेस्रो हुने २५ हजार रुपैयाँले पुरस्कृत हुनेछ ।

पोखरा

शुक्रबारदेखि पोखरामा सुरु इन्टर कलेज ब्याण्ड कम्पिटिसनको फाइनल प्रतिस्पर्धाका लागि ११ ब्याण्ड छनोट भएका छन् ।

सेमिफाइनलमा २१ ब्याण्डले प्रतिस्पर्धा गरेका थिए ।

पोखरा सांगीतिक कलाकार संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मदरल्याण्ड मावि, प्रतिभा मावि ‘सी’, सगरमाथा मावि, कुमुदिनी होम्स, लाभेन्ज बोर्डिङ स्कुल, इन्फोमेटिक्स कलेज, ग्लोबल कलेजियट, पोखरा एकेडेमी, लिङ्कन कलेज, प्रगती बोर्डिङ स्कुल ‘बी’ र कालिका माविको ब्याण्ड छनोट भएका हुन् ।

पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले प्रतिस्पर्धा आयोजना गरिएको हो ।

फाइनल प्रतिस्पधाए शनिबार पोखरामा हुनेछ । डि–मर्चा, लेकाली र देउराली ब्याण्डको विशेष प्रस्तुती रहनेछ ।

इन्टर कलेज ब्याण्ड कम्पिटिसनको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने ५० हजार रुपैयाँ र तेस्रो हुने २५ हजार रुपैयाँले पुरस्कृत हुनेछ ।

उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरले जनही ५÷५ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति २०८० असोज १२ गते शुक्रबार ०८:११
हजुरको प्रतिक्रिया