२०८३ साउन २१ गते बिहीबार

फिफा विश्वकप एसिया छनोटका लागि नेपालले आज लाओससँग भिड्दै

फिफा विश्वकप एसिया छनोटका लागि नेपालले आज लाओससँग भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २५ गते बिहीबार ११:३८

फिफा वरीयतामा नेपाल १७५औँ स्थानमा छ भने प्रतिस्पर्धी लाओस १८६औँ स्थानमा छ।

फिफा विश्वकप २०२६ काे एसिया क्षेत्र छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज लाओससँग भिड्दै छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा लाओससँग प्रतिस्पर्धा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप एसिया क्षेत्र छनोट यात्रा सुरु गर्ने भएको हो। फिफा वरीयतामा नेपाल १७५औँ स्थानमा छ भने प्रतिस्पर्धी लाओस १८६औँ स्थानमा छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले दुई महिनादेखि प्रशिक्षण गरिरहेकाले नेपालको तयारी राम्रो रहेको बताएका छन्। उनले भनेका छन्, ‘हामी त्रिकोणात्मक सिरिजभन्दा राम्रो खेल प्रस्तुत गर्नेछौँ।’

नेपालले गत चैतमा घरेलु मैदानमा भुटान र लाओससम्मिलित त्रिकोणात्मक सिरज खेलेको थियो। जसमा नेपालले लाओसलाई समूह चरणमा २–० ले हराएको थियो भने फाइनलमा २–१ को जित हासिल गरेको थियो।

एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो लेगमा नेपालले घरेलु मैदानमा खेल्न लागेको हो। यसपछि अर्काे खेलका लागि भने नेपाली टोली लाओस प्रस्थान गर्नेछ।

दोस्रो लिग असोज ३० गते लाओसको घरेलु मैदानमा हुनेछ।

प्रकाशित मिति २०८० असोज २५ गते बिहीबार ११:३८
हजुरको प्रतिक्रिया