२०८३ असोज २४ गते शनिबार

एसीसी यू १९ प्रिमियर कप: इरानविरुद्ध नेपाल २७४ रनले विजयी

एसीसी यू १९ प्रिमियर कप: इरानविरुद्ध नेपाल २७४ रनले विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २५ गते बिहीबार ०१:५८

त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० दशमलव १ ओभरमा सबै विकेट गुमाएर ३ सय ५३ रनमा अल आउट भएको थियो ।

नेपालले अर्को खेल आइतबार बहराइनसँग खेल्ने

पाेखरा 

एसीसी यू १९ प्रिमियर कपमा कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा नेपालले इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको छ । जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३० दशमलव ५ ओभरमा ७९ रनमा अल आउट भयो ।

इरानका ओपनर आमेर खोर्सन्दले २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रन बनाए । साबेर इब्राहिमपुरले ४३ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे । अन्य कुनैपनि इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका दीपेश कँडेलले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामी र आकाश चन्दले दुई दुई विकेट लिए ।

त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० दशमलव १ ओभरमा सबै विकेट गुमाएर ३ सय ५३ रनमा अल आउट भएको थियो । नेपालको जितमा कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । समान शेखी र जियाद राइसीले समान दुई विकेट लिएका थिए । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।

मलेसियामा बिहीवारदेखि शुरु भएको प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोली सहभागी छन् । १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । शीर्ष ३ वटा टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् । भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का भने एसिया कपमा सोझै छनोट भएका छन् ।

समूह ‘ए’ मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यस्तै समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन रहेका छन् । समूह ‘सी’ मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् । नेपालले अर्को खेल आइतबार बहराइनसँग खेल्नेछ ।

प्रकाशित मिति २०८० असोज २५ गते बिहीबार ०१:५८
हजुरको प्रतिक्रिया