२०८३ असोज २४ गते शनिबार

पोखरामा बन्यो १ करोडको सार्वजनिक शौचालय

पोखरामा बन्यो १ करोडको सार्वजनिक शौचालय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २६ गते शुक्रबार ०७:१३

शौचालयबाट उत्पादन हुने बायोग्यासको समेत पूर्ण रूपमा सदुपयोग गरिने मेयर आचार्यको भनाइ छ । उनका अनुसार शौचालय अगाडी वाटर फाउन्टेन सहितको सुन्दर पार्क र फल्चा निर्माण हुनेछ ।

पोखरा

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले पोखरा महेन्द्रपुलमा बनाइदिएको सार्वजनिक शौचालय महानगरलाई हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरेर एनआरएनले महानगरलाई शौचालय हस्तान्तरण गरेको हो ।

एनआरएनएकी अध्यक्ष रविना थापाले शौचालयको चाबी महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेकी हुन् । शौचालय उद्घाटन कार्यक्रममा मेयर आचार्यले व्यवस्थित सहरभित्र आवश्यक पूर्वाधार निर्माणका लागि संयुक्त प्रयासका रूपमा सार्वजनिक शौचालय निर्माण गरिएको बताए ।

उनले पोखराको व्यस्त बजार महेन्द्रपूलमा निर्माण गरिएको अत्यावश्यक आधुनिक प्रविधिजडित सार्वजनिक शौचालयले सबैलाई राहत मिल्ने दाबी गरे । पोखरा घुम्न आउने पर्यटक तथा नागरिकको सेवाका लागि सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी शौचालय बनाइएको बताए । शौचालयबाट उत्पादन हुने बायोग्यासको समेत पूर्ण रूपमा सदुपयोग गरिने मेयर आचार्यको भनाइ छ । उनका अनुसार शौचालय अगाडी वाटर फाउन्टेन सहितको सुन्दर पार्क र फल्चा निर्माण हुनेछ ।

 

 

महिला पुरुष शौचालय, महिलाहरूका लागि सेनेटरी प्याडको भेन्डर मेसिन, स्तनपान कक्ष, सेन्सर सहितका बेसिन तथा धाराहरू जडान गरिएको छ । बायो डाइजेस्टर भने जडान गर्न बाँकी नै छ । यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गरेको छ ।

शौचालय निर्माणका लागि एनआरएनएले ६० लाख उपलब्ध गराएको छने पार्क निर्माणका लागि थप रु.२० लाख प्रदान गर्नेछ । बाँकी खर्चको व्यवस्थापन पोखरा महानगरपालिकाले बेहोर्नेछ । शौचालय लाखे विल्डर्स नेपाल प्रा.लिले निर्माणको जिम्मा पाएको थियो । यसको ड्रोइङ र डिजाइनको काम सर्ग आर्किटेक प्रा.लिले निशुल्क रुपमा गरेको हो ।

हाल पोखरा महानगरपालिकामा १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् ।

प्रकाशित मिति २०८० असोज २६ गते शुक्रबार ०७:१३
हजुरको प्रतिक्रिया