२०८३ असोज २४ गते शनिबार

पोखराकाे हाम्राे बजारका व्यवसायी सडकमा

पोखराकाे हाम्राे बजारका व्यवसायी सडकमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २७ गते शनिबार ०७:५२

गुडलक कम्पनीले पृथ्वीराजमार्ग छेउका सटरको २३ हजार रुपैयाँबाट ५० हजार रुपैयाँसम्म र पछाडिका सटरको ४५ हजार रुपैयाँसम्म भाडा बढाएको र ७ लाख रुपैयाँसम्म फिर्ता नहुने गरी धरौटी मागेको व्यवसायीको गुनासो ।

धरौटी फिर्तै नहुने सर्तमा पैसा उठाउँदै ठेकेदार

पाेखरा

पोखराको हाम्राे बजारका व्यवसायीले लामो आन्दोलन र संघर्ष गरेपछि अहिले फेरि पृथ्वीचोकका राजमार्ग छेउका सटरका व्यवसायीहरु र ठेकेदारबीचको तनाव सतहमा आएको छ ।

कृषि सामग्री कम्पनी स्वामित्वको जग्गामा बनेका सटरहरु व्यवस्थापनको ठेक्का पाएको गुडलक कम्पनीले भाडा बढाउनेदेखि फिर्ता नहुने गरी धरौटी मागेपछि व्यवसायीले असन्तुष्टि जनाएका थिए । गुडलक कम्पनीले पृथ्वीराजमार्ग छेउका सटरको २३ हजार रुपैयाँबाट ५० हजार रुपैयाँसम्म र पछाडिका सटरको ४५ हजार रुपैयाँसम्म भाडा बढाएको र ७ लाख रुपैयाँसम्म फिर्ता नहुने गरी धरौटी मागेको व्यवसायीको गुनासो ।

गुडलक कम्पनीले सम्झौताका लागि बोलाउँदा व्यवसायी नगएपछि बिहीबार राति १० बजे ठेकेदार कम्पनीका मीलन तिवारी, माओवादी नेता तोरण गुरुङ लगायतको निर्देशनमा वोल्डिङ नै गरेर सटर बन्द गरिदिएका छन् ।

दशैंको मुखमा कृषि सामाग्रीको कम्पनीमा बनेको सटरमा ठेकेदारले रबैया देखाएको व्यवसायीको गुनासो छ । अहिलेको महंगीमा पनि सटरहरुको भाडा बढाउने र फिर्ता नै नगर्ने गरी धरौटी माग्नु न्यायसंगत नभएको व्यवसायी रमेश पौडेलले गुनासो पोखे ।

त्यस क्षेत्रमा ७९ वटा सटर छन् । अहिले दशैंको मुखमा निकै भीडभाड हुने पृथ्वीचोकका यी सटरहरुमा ठेकेदारले ताला लगाइदिएपछि व्यवसायीहरुले शनिबार याहयोगको याचना गरेका छन् । फिर्ता हुने सर्तमा धरौटी तिर्न र सम्झौता गर्न तयार रहेको तर धरौटी नै फिर्ता नहुने भन्ने कहीँ नहुने व्यवसायी नारायण चापागाईँले बताए ।

हङकङ बजारसँगै पृथ्वीचोकको पनि गुडलक कम्पनीले ठेक्का पाएको हो । यसअघि त्यहाँको सटरको भाडा व्यवस्थापन बतास समूहले गर्दै आएको थियो । अहिले राजनीतिक पहुँचमा कृषि सामाग्रीको जग्गा हत्याएको यो समूहले धरौटी फिर्ता नै नगर्ने भन्दै व्यवसायीमाथि गैरकानुनी दबाब सिर्जना गरेको छ । देशमै बसेर केही गर्छु भन्नेलाई पनि राज्यकै जग्गामा विचौलियालाई सुम्पिएको गुनासो व्यवसायीको छ ।

गुडलक कम्पनीका मिलन तिवारीले भने व्यवसायीलाई सम्झौताका लागि बोलाउँदा नआएको र भाडा पनि नतिरेपछि बन्द गराउन बाध्य भएको बताए ।

 

प्रकाशित मिति २०८० असोज २७ गते शनिबार ०७:५२
हजुरको प्रतिक्रिया