२०८३ साउन २१ गते बिहीबार

साेमबार स्याङ्जाका एक सहित पाेखरामा थप ५ जनाकाे ज्यान गयाे

साेमबार स्याङ्जाका एक सहित पाेखरामा थप ५ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १५ गते सोमबार ०६:१७

पाेखरा । पछिल्लाे २४ घण्टामा पाेखरामा थप ५ जनाकाे काेराेना भाइरसकाे संक्रमणका कारण ज्यान गएकाे छ । काेराेनाका कारण ज्यान गुमाउनेहरूमा ४ जना पाेखराका र १ जना स्याङजाका रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । पाेखरा...

काेभिडका कारण प्रदेशभर ज्यान गुमाउनेकाे संख्या १५९ पुग्याे

पाेखरा । पछिल्लाे २४ घण्टामा पाेखरामा थप ५ जनाकाे काेराेना भाइरसकाे संक्रमणका कारण ज्यान गएकाे छ । काेराेनाका कारण ज्यान गुमाउनेहरूमा ४ जना पाेखराका र १ जना स्याङजाका रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

पाेखरा महानगरपालिका वडा नं. ३ का ६५ बर्षीय संक्रमित पुरूषकाे आइतबार दिउँसाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ज्यान गएकाे हाे । नीजमा गत ८ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

यता, पाेखरा महानगरपालिका वडा नं. १८ का ५१ बर्षीय संक्रमित पुरूषकाे आइतबार बेलुका पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारकै क्रममा ज्यान गएकाे छ । मृतकमा गत ११ गते काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

पाेखरा महानगरपालिका वडा नं. १६ की ५७ बर्षीय संक्रमित महिलाकाे साेमबार बिहान उपचारका क्रममा पाेखराकै चरक मेमाेरियल अस्पतालमा निधन भएकाे छ । नीजमा गत १२ गते काेराेना पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

स्याङ्जा जिल्ला वालिङ् नगरपालिका १४ का ६७ बर्षीय संक्रमित पुरूषकाे साेमबार बिहान पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारका क्रममा ज्यान गएकाे छ । नीजमा  गत ११ गते काेराेना पुष्टि भएकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

पाेखरा महानगरपालिका १३ की ७८ बर्षीय संक्रमित महिलाकाे साेमबार दिउँसाे पाेखराकाे मणिपाल शिक्षण अस्पतालमा ज्यान गएकाे छ । मृतकमा गत आइतबार मात्र काेराेना पुष्टि भएकाे थियाे ।

यससंगै गण्डकी प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १५९ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर १५ गते सोमबार ०६:१७
हजुरको प्रतिक्रिया