चर्चाको विषय
काठमाडौं
नेपाल गणित समाजले आफ्नो कार्यशालाकै छेको पारेर एक कार्यक्रमका बीच सम्बोधिका साँझ गरेको छ । समाजका सचिव तथा स्रष्टाका अन्तरंग मित्र डाक्टर प्रमेश कट्टेलले अत्यन्त रोचक ढंगले उक्त साँझ सञ्चालन गर्दै सोधे–
‘सम्बोधिका को हो ? सम्बोधिका के हो ?हजुरहरूलाई थाहा छ ? कविकी पत्नी तथा उनकी प्रेमिका कवि रिता अधिकारी ऋतुलाई पनि लाग्छ, यो कुरा अरुलाई थाहा नभए नि मलाई चाहीँ पक्कै थाहा छ । तर पत्याउनुस्, नपत्याउनुस्, अहँ मलाई पनि थाहा छैन। त्यसो भएसी तपाई ढुक्क हुनुस्, यो कविलाई पनि थाहा छैन । सायद यो कम्प्लेक्स भ्यालुड फक्सन हो, तपाईं रियल स्पेसमा यस्लाई खोज्दै हुनुहुन्छ । यो आत्मापरमात्मासित जोडिएको विषय हो । अमूर्त अनि अलौकिक ! ’
साथी भनेको यस्तै हुनुपर्छ । म अब ढुक्क भएँ, स्रष्टा डाक्टर ईश्वरमणि अधिकारीले त्यसोभन्दा माहौल अर्कै भयो । साँझमा समाजका उपसभापति तथा साहित्यका अध्येता डाक्टर श्रीराम खडकाले यौटा गणितज्ञको लेखकीय विशिष्टता तथा सामर्थ्यकाे चर्चा गर्दै सम्बोधिका नेपाली मुक्तकको मानक कृति भएको र लेखनमा म्याथमेटिकल अप्टिमाइजेसनको अधिकतम उपयोग भएको धारणा व्यक्त गरे ।
न्यूततम शब्द र पदावलीमा अधिकतम भाव गाम्भीर्य बोकेका उनका मुक्तकले समय, समाज, विचार, दर्शन र प्रेमलाई सम्बोधन गरेको बताउँदै सम्बोधिकाको काव्यिक सौन्दर्य, भाव गाम्भिर्यता, संरचनात्मक कौसल तथा स्पर्श सामर्थ्यकाे हृदय खोलेर प्रशंसा गरे । कार्यक्रममा कवि तथा समाजका सहसचिव डाक्टर ईश्वरमणि अधिकारीले संग्रहबाट आफ्ना रोजाइका ५ मुक्तक सुनाउँदै सिर्जना अनुभवसहित गणित र साहित्यको अन्तरसम्बन्धको चर्चा गर्दै गणित समाजको यस्तो कार्यक्रमले आफूले आफ्नो घरमा न्यानो छानो पाएको महसुस गरेको धारणा व्यक्त गरे ।
कार्यक्रममा समाजका सभापति प्राडा नारायणप्रसाद पहारीले आफूले आजभन्दा झण्डै तीन दशकअघि आफैंले पढाएको चेलाको प्रेमिल दर्शन र विचारबाट आफू प्रभावित भएको बताउँदै गणितमा साहित्यको महत्व र जीवनमा प्रेमको असरका बारेमा आफ्ना धारणा व्यक्त गरे ।
समाजका उपसभापति तथा साहित्यका अध्येता डाक्टर श्रीराम खडकाले यौटा गणितज्ञको लेखकीय विशिष्टता तथा सामर्थ्यकाे चर्चा गर्दै सम्बोधिका नेपाली मुक्तकको मानक कृति भएको र लेखनमा म्याथमेटिकल अप्टिमाइजेसनको अधिकतम उपयोग भएको धारणा व्यक्त गरे ।
गण्डकीमा गजलको विगत र वर्तमानबारे विमर्श
२०८३ भदौ २८ गते आइतबार ०१:२८साहित्यकार चन्द्रमणि अधिकारीलाई घरमै पुगेर गण्डकी प्रज्ञा साहित्य सम्मान अर्पण
२०८३ भदौ २३ गते मंगलबार ११:४३भोटेकोशी बाढीपीडितका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले २ लाख १६ हजार सहयोग गर्ने
२०८३ भदौ १२ गते शुक्रबार ०५:५३शान्ति माध्यमिक विद्यालयमा ‘द कोर्ट’ नाटक प्रदर्शन
२०८३ भदौ ४ गते बिहीबार ०६:२७