पोखरा
विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज लाओसविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार खेल साँझ पाैने ६ बजे सुरु हुनेछ ।
घरेलु मैदान दशरथ रंगशालामा निराशाजनक बराबरीको नतिजापछि दोस्रो खेल खेल्न नेपाली टिम शनिबार लाओस पुगेको हो । नेपाली टिमले आइतबार लाओसको घरेलु मैदानमा प्रशिक्षण गरेको छ ।
दोस्रो खेल आज लाओसको घरेलु मैदानमा हुँदैंछ । फिफा वरियतामा आफूभन्दा तल रहेको लाओस विरुद्ध सहज जितको अपेक्षा नेपाली टिमले गरेको थियो । तर दशरथ रंगशालामा भएको पहिलो खेलमा लाओसले नेपाल समक्ष कडा चुनौती दियाे ।
अन्जन विष्टको कीर्तिमानी गोलमा नेपालले खेल बराबरी गरेपनि लाओसले आफूलाई छनोटको दोस्रो चरणमा प्रवेश गर्ने बलियो प्रत्यासी रहेको संकेत दिएर गएको छ । मंगलबारको खेलको नतिजाले दोस्रो चरणमा प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ ।
प्रकाशित मिति २०८० असोज ३० गते मंगलबार ०८:०१