पाेखरा
नेपाल, हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक टी–२० आई शृंखलाको ट्रफी सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा सहभागी हुने हङकङ काठमाडौं नआइसकेका कारण नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको यो शृंखला बुधबारदेखि काठमाडौंमा सुरु हुँदै छ ।
काठमाडौंको मुलपानीमा हुने प्रतियोगिताको पहिलो खेल नेपाल र यूएईबीच हुने छ । कात्तिक २ गते नेपाल र हङकङको खेल हुनेछ । आयोजक क्यानका अनुसार सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्नेछन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।
फाइनल खेल कात्तिक १० गते हुने छ । त्रिकोणात्मक टी–२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनबाट हुने छ । प्रतियोगिताका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । टी–२० आई विश्वकप क्रिकेट छनोटको तयारीका लागि क्यानले यो शृंखला आयोजना गरेको हो ।
प्रकाशित मिति २०८० असोज ३० गते मंगलबार ०६:५१