२०८३ असोज २४ गते शनिबार

नेपालकाे लगातार दाेस्राे जित, हङकङ ६ विकेटले पराजित

नेपालकाे लगातार दाेस्राे जित, हङकङ ६ विकेटले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक २ गते बिहीबार ०२:०६

अब नेपालले शनिवार फेरि हङकङसँग र आउँदाे साेमवार फेरि यूएईसँग खेल्नेछ ।

पोखरा

त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।

उसको सुरुवात नै निकै खराब रह्यो । १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७  दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २/२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।

यसअघि बुधवार भएकाे खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएकाे थियाे । अब नेपालले शनिवार फेरि हङकङसँग र आउँदाे साेमवार फेरि यूएईसँग खेल्नेछ । प्रतियाेगिताका शीर्ष २ टाेली फाइनलमा पुग्नेछन् । प्रतियाेगिताकाे फाइनल खेल कात्तिक १० गते त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति २०८० कात्तिक २ गते बिहीबार ०२:०६
हजुरको प्रतिक्रिया