२०८३ साउन २१ गते बिहीबार

नेपालले यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै

नेपालले यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १० गते शुक्रबार ११:१०

सिरिजमा नेपालले पहिलो पटक टस हारेको हो भने दोस्रो पटक पहिले ब्याटिङ गरेको हो ।

काठमाडौं

त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

टीयू मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । सिरिजमा नेपालले पहिलो पटक टस हारेको हो भने दोस्रो पटक पहिले ब्याटिङ गरेको हो ।

नेपालले यसअघि लिग चरणमा चारवटै खेल जित्दै अपराजित रहेर फाइनल पुगेको थियो । युएई भने नेपालसँगको दुवै खेलमा पराजित भएको थियो । तर, हङकङसँग समान अंक भए पनि नेट रनरेटमा अगाडि रहेर फाइनल पुगेको हो ।

फाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । अलराउण्डर विवेक यादवको स्थानमा स्पीनर ललित राजवंशी पहिलो रोजाईँमा खेल्दैछन् ।

टी–२० आई हेड टू हेडमा नेपाल यूएईभन्दा अगाडि रहेको छ । नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ ।

 

प्रकाशित मिति २०८० कात्तिक १० गते शुक्रबार ११:१०
हजुरको प्रतिक्रिया