२०८३ असोज २४ गते शनिबार

नेपालले यूएईलाई दियाे १६३ रनको लक्ष्य

नेपालले यूएईलाई दियाे १६३ रनको लक्ष्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १० गते शुक्रबार ०१:१८

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १६२ रन बनाएको हो। नेपालका लागि प्रारम्भिक ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाए।

पाेखरा

त्रिकोणात्मक टी-२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १६२ रन बनाएको हो। नेपालका लागि प्रारम्भिक ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाए ।

त्यस्तै, करण केसीले २३, दीपेन्द्रसिंह ऐरीले २०, रोहित पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रन बनाए।

यूएईका लागि आयान अफजल खानले तीन, अलि नसीर र जहूर खानले दुई-दुई तथा जुनैद सिद्दिकीले एक विकेट लिए । यूएईले नेपालविरुद्ध ब्याटिङ सुरु गरेकाे छ ।

प्रकाशित मिति २०८० कात्तिक १० गते शुक्रबार ०१:१८
हजुरको प्रतिक्रिया