पोखरा
तनहुँमा भएको ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । भिमाद नगरपालिका–६ जलौदी बस्ने ३३ बर्षीय मिनबहादुर सार्कीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।
सोमबार विहान ८ बजेतिर भिमाद नगरपालिका–६ जनज्योति स्कुलबाट बसपार्कतर्फ जादै गरेको ग १ त ४४४६ नम्बरको ट्याक्टरबाट सार्की खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।
उनका अनुसार गम्भिर घाइते सार्कीको उपचारको लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा लगिएको थियो ।
उपचारकै क्रममा उनलाई केहीबेरमा मृत घोषणा गरेको डिएसपी खाँणको भनाइ छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति २०८० कात्तिक २० गते सोमबार ०४:३४