२०८३ साउन २१ गते बिहीबार

नेपाल हङकङसँग ९ विकेटले पराजित

नेपाल हङकङसँग ९ विकेटले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक ३० गते बिहीबार ०४:२३

बिहीवार भएको खेलमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भयो ।

नेपाल फाइनल पुग्न असफल

पाेखरा

चार देशीय महिला टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । यो हारसँगै नेपाल शृङ्खलाको फाइनलमा पुग्न असफल भएको छ । हङकङ र तान्जानिया लगातार २ जितसहित फाइनलमा पुगेका छन् ।

बिहीवार भएको खेलमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भयो । नेपालले दिएको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाएर भेटायो । हङकङका लागि नताशा मिल्सले ३० र शनजीन शाहजदले २० रन बनाइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो । नेपालकी रुबिना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ हङकङकी इकार सहारले ३ र रुचिथा वेङ्कटेशले २ विकेट लिइन् ।

हिजो बुधवार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि शनिवार जापानसँग खेल्ने छ ।

हङकङमा भैरहेको प्रतियोगितामा आयोजक टोलीसँगै नेपाल, तान्जानिया र जापान छन् । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

प्रकाशित मिति २०८० कात्तिक ३० गते बिहीबार ०४:२३
हजुरको प्रतिक्रिया