२०८३ असोज २४ गते शनिबार

गण्डकी प्रदेश

प्रचण्डसामु गण्डकीका मुख्यमन्त्रीले भनेः हामीबाटै संघीयता ठिक भएन भन्ने दिन आउन सक्छ

प्रचण्डसामु गण्डकीका मुख्यमन्त्रीले भनेः हामीबाटै संघीयता ठिक भएन भन्ने दिन आउन सक्छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १ गते शुक्रबार ०८:२६

धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा केही सहजीकरण भयो भने संघीयतालाई कार्यन्वयन गर्न सक्ने
पाण्डेकाे विश्वास छ

प्रचण्डले संघीयता कार्यन्वयनमा कुर्बानी गरेकाले आशा रहेको मुख्यमन्त्री पाण्डेको भनाइ

पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयतालाई बलियो बनाउन ऐन कानुन निर्माणमा ढिलाई गर्न नहुने बताएका छन् । उनले अहिले संघीयता ठीक भएन भनेर प्रश्न उठिरहेको बताए ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष मुख्यमन्त्री पाण्डेले प्रहरी समायोजन ऐनको कार्यन्वयन, जग्गा प्राप्ती र संघीय निजामती कर्मचारी ऐन भएमा कसरी प्रदेश र स्थानीय सरकारले काम गर्छ भनेर जनतालाई जवाफ दिन सक्ने सुनाए ।

‘तर ति कुरा भएनन् भने कुनै दिन यस्तो पनि आउन सक्छ हाम्रै मुखबाट त्यो आवाज आउने । त्यसैले म समयमा नै प्रधानमन्त्री जिलाई यो बारेमा पनि ध्यानाकर्षण गराउन चहान्छु’, मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा केही सहजीकरण भयो भने संघीयतालाई कार्यन्वयन गर्न सक्ने उनको विश्वास छ । ‘किनकी उहाँले यो संघीयताको लागि लडेको हो । मैले नेपाली कांग्रेस पार्टीको केन्द्रीय बैठकमा पनि भनेको छु यो संघीयता केबल संविधानमा लेखेको कारणले हामी मानिराखेका छौं कि हामीले कार्यन्वयन गर्न मानिराखेका छौं ?’, उनले भने ।

प्रचण्डले संघीयता कार्यन्वयनमा कुर्बानि गरेकाले केही आशा रहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । संघीयताप्रति प्रहार हुन सक्ने भएकाले कार्यन्वयनमा चुक्न नहुने उनले बताए ।

‘हामीले ठूलो बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका हौं । अहिले प्रश्न गर्नलाई सजिलो छ । तर, संघीय लोकतन्त्र गणतन्त्र स्थापना गर्नका लागि यो मुलुकमा २० औं हजार मान्छेले कुर्बानी गरेका छन्’, उनले थपे, ‘लाखौं मान्छेले स्याक्रिफाइज गरेका छन् । जीवनका उर्वर समयहरु यसमा व्यतित गराएका छन् । हामीले ल्याएको यो संघीयता कसैलाई मन परेको छैन । कसैलाई धर्म निरपक्षेता मन परेको छैन । कसैलाई गणतन्त्र कसैलाई समावेशिता मन परेको छैन ।’

 

प्रकाशित मिति २०८० मंसिर १ गते शुक्रबार ०८:२६
हजुरको प्रतिक्रिया