२०८३ असोज २४ गते शनिबार

समाज

एमाले गण्डकीले पठायो भूकम्प प्रभावित क्षेत्रमा ५० जना युवा

एमाले गण्डकीले पठायो भूकम्प प्रभावित क्षेत्रमा ५० जना युवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २ गते शनिबार ०६:५१

२ हप्ताको श्रमदानपछि एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित अभियानमा सामेल भएर समूह फर्किने छ

युवा समूहले २ हप्तासम्म त्यस क्षेत्रमा श्रमदान गर्ने छ

पोखरा

नेकपा एमाले गण्डकी प्रदेशले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रमा ५० जना युवालाई पठाएको छ ।

भूकम्प पीडितका निम्ति अस्थायी घर, टहरा निर्माण र पुनर्निर्माण सघाउन युवा संघ नेपाल कास्कीको नेतृत्वमा ५० जना युवा भूकम्प प्रभावित क्षेत्रतर्फ गएको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिइ ।

युवा संघ नेपाल, कास्कीका अध्यक्ष पानबहादुर जिसीको नेतृत्वमा गएको युवा समूहले २ हप्तासम्म त्यस क्षेत्रमा श्रमदान गर्ने छ ।

कास्कीबाट गएको टोलीले सुरुमा भूकम्पले भत्काएका संरचना पन्छाउने र अस्थायी संरचना निर्माणमा जुट्ने युवा संघ कास्कीका अक्ष्यक्ष पानबहादुर जिसीले जानकारी दिए ।

२ हप्ताको श्रमदानपछि एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित अभियानमा सामेल भएर समूह फर्किने छ ।

 

प्रकाशित मिति २०८० मंसिर २ गते शनिबार ०६:५१
हजुरको प्रतिक्रिया