२०८३ असोज २३ गते शुक्रबार

बन्द खामदेखि ४५ वर्षसम्म लेखिएका सरुभक्तका मुक्तक एउटै संग्रहमा

बन्द खामदेखि ४५ वर्षसम्म लेखिएका सरुभक्तका मुक्तक एउटै संग्रहमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ३ गते आइतबार ०८:५४

सरुभक्त ३० को दशकलदेखि निरन्तर लागेको र दार्शनिक धरातलमा उभिएकोे वरिष्ट कार्टुनिष्ट वात्स्यायनले बताए

जहाँ ५४ वर्षअघि हरिभक्त कटुवालले टिकटमा मुक्तक सुनाए, त्यही सरुभक्तका अहिलेसम्मका मुक्तक लाेकार्पण

पाेखरा

प्रशिद्ध साहित्यकार सरुभक्तले ५ दशकमा लखेको मुक्तकहरु एउटै संग्रहका रुपमा प्रकाशित भएको छ ।

३० को दशकबाट साहित्य लेखमा सक्रिय बनेका सरुभक्तले ८० को दशकसम्म आइपुग्दा लेखेका प्रकाशित र अप्रकाशित मुक्तकहरु समावेस गरी प्रकाशित कृति आइतबार पोखरामा लोकापर्ण भएको हो ।

२०३५ सालमै ‘बन्द खामभित्र’ मुक्तक संग्रहबाट कृति प्रकाशन थालेका सरुभक्तले मदन पुरस्कारसमेत प्राप्त गरेको पागलबस्ती र विभिन्न विधाका थुप्रै अन्य कृति प्रकाशन गरेर ख्याति कमाएका छन् ।

सरुभक्तको पहिलो कृति वन्द खामभित्र, हजार बुद्धहरु र प्रेमयात्रा गरी ३ वटा मुक्तक संग्रह प्रकाशित भएका छन् भने जीवन यात्रा र समय यात्रा गरी २ कृति प्रकाशनको तयारीमा थिए । तर, ती सबै र गतसालसम्म लेखिएका मुक्तक समेटेर सरुभक्तका मुक्तकहरु नाम दिएर नेपाल मुक्तक प्रतिष्ठान बेलायतले प्रकाशन गरेको हो ।

मुक्तक प्रतिष्ठान र मुक्तक मञ्च पोखराको आयोजनामा आइतबार प्रकाशित मुक्तक संग्रहको वरिष्ट कार्टुनिष्ट दुर्गा बराल वात्स्यायनले लोकापर्ण गरेका छन् ।

नेपालमै पहिलो पटक टिकटमा मुक्तक सुन्ने चलन बसाएको पोखरामा सरुभक्त ३० को दशकलदेखि निरन्तर लागेको र दार्शनिक धरातलमा उभिएकोे वरिष्ट कार्टुनिष्ट वात्स्यायनले बताए ।

२०३५ सालमा हरिभक्त कटुवाललाई प्रमुख अतिथि बनाएर टिकटमा मुक्तक गरेपछि नै सरुभक्तले पहिलो संग्रहका रुपमा मुक्तक निकालेका हुन् ।

साहित्यका हरेक विधामा कलम चलाउने सरुभक्त उपन्यास जगतमा प्रख्यात बनेपछि पनि मुक्तक लेखनमा साधनारत रहेकाे भन्दै साहित्यकारहरुले विभिन्न उपमा दिँदै प्रशंसा गरे ।

युवाअवस्थामै पञ्चालयत कालमै मुक्तकप्रतिको अनुरागले लेखन र कार्यक्रम गरेका सरुभक्त अहिले आफूले मुक्तक लेख्नुभन्दा पनि मुक्तकले आफूलाई लेखाएको बताउँछन् ।

प्रकाशित सरुभक्तका मुक्तक बिक्रीमार्फत मुक्तक विधामै पुरस्कार र सम्मानका निम्ति अक्षयकोष स्थापना गरिने मुक्तक प्रतिष्ठान बेलायतका सल्लाहकार डा. रुपक श्रेष्ठले बताए ।

पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षामा खचाखच दर्शक, स्रोताबीच सरुभक्तले मुक्तक लेखनका आरोहअवरोह र विगत स्मरण गर्दै आफ्ना केही मुक्तकसमेत सुनाएका थिए ।

प्रकाशित मिति २०८० मंसिर ३ गते आइतबार ०८:५४
हजुरको प्रतिक्रिया