२०८३ असोज २३ गते शुक्रबार

बाबुछोरीको कथामा पाेखराकाे “चित्रा”

बाबुछोरीको कथामा पाेखराकाे “चित्रा”

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ६ गते बुधबार ०४:५३

“चित्रा” आगामी पौष २७ गते रिलिज हुँदैछ । 

पोखरा । पाेखराबाट निर्माण भइरहेकाे चलचित्र “चित्रा”काे छायाँकन सकिएकाे निमार्ण पक्षले जनाएकाे छ । सिनेमाको छायाँकन सकेर सम्पादनको काम भइरहेको फिल्मका कार्यकारी निर्माता एवं कलाकार सन्ताेष अधिकारीले बताए । “चित्रा” आगामी पौष २७ गते रिलिज हुँदैछ ।

पारिवारिक विषयवस्तुमा आधारित चलचित्र “चित्रा” बाबुछोरीको कथा भएकाे निर्देशक घनश्याम लामिछानेले उल्लेख गरे । एक्सन, ड्रामा र सामाजिक कथामा आधारित सिनेमा भएकाले दर्शकले रूचाउने लामिछानेकाे विश्वास छ ।

कास्कीको विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको चित्रामा सन्ताेष अधिकारीसँगै मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, प्रकाश घिमिरे, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरल लगायतका कलाकारको अभिनय छ ।

अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको सिनेमामा राजनराज शिवाकोटीको संगीत छ भने स्वरमा उनलाई गायिका मिलन अमात्यले साथ दिएकी छिन् ।  महेश पौडेलले छायाँकन गरेको सिनेमामा सम्पादनको भूमिकामा सन्देश शाह रहेका छन् ।

सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको सिनेमाको नेपालभरको वितरणको जिम्मा केदार पराजुली (श्री कृष्ण फिल्म्स) ले लिएका छन् । फिल्मका निर्माता आशिष थापा मगर हुन् ।

प्रकाशित मिति २०८० मंसिर ६ गते बुधबार ०४:५३
हजुरको प्रतिक्रिया