पोखरा
पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी केपी ओली कप टि–२० क्रिकेटमा गण्डकी प्रदेशको टोलीले सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको छ ।
एपीएफले दिएको १०२ रनको लक्ष्य १९ ओभर ४ बलमा पूरा गर्दै गण्डकीले ऐतिहासिक जित दर्ता गराएको हो । गण्डकीका लागि मुकेश थापाले सर्वाधिक २५ रनको योगदान दिए । दीनेश बुढामगरले २४, गौरव विक र अविषेक थापाले ११\११ रन जोेडे ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित १८ ओभर ४ बलमा १०१ रन बनाएको थियो ।
एपीएफका कप्तान प्रदीप ऐरीले सर्वाधिक २० रनको योगदान दिए ।
शुक्रबार भएको पहिलो खेलमा बाग्मती प्रदेशले दोस्रो जीत दर्ता गराएको छ । बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो ।
१९० रनको लक्ष्य पाएको कर्णालीले ९९ रनमै समेटिएको छ। १७ ओभर ३ बलमा ९९ रनमै समेटिएको हो । टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो ।
१९० रनको लक्ष्य पाएको कर्णालीले ९९ रनमै समेटिएको छ। १७ ओभर ३ बलमा ९९ रनमै समेटिएको हो । जितसँगै बाग्मती समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
शनिबारको पहिलो खेलमा गण्डकी प्रदेश र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा नेपाल पुलिस क्लब र मधेश प्रदेश भिड्नेछन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगिता बिहीबार सुरु भएको हो ।
मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमिका २ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले ५ लाख रुपैयाँको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनेछ ।
म्यान अफ द सिरिजले नगद ३० हजार रुपैयाँ, बेस्ट बलरले नगद २० हजार रुपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।
प्रकाशित मिति २०८० मंसिर ८ गते शुक्रबार ०५:३३




