पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषधसहित विदेशी नागरिक पक्राउ परेका छन् । उनलाई प्रहरीले विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरेको हो ।
लागु औषध नियन्त्रण व्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले शुक्रबार विहान नर्वेका ५६ वर्षीय रुने फ्लठालाई पक्रिएको हो ।
लागु औषध बोकेर विदेशी नागरिक हिँडेको सूचना पाएपछि चेकजाँच गर्दा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।
उनको साथबाट पोल्यान जस्तो देखिने पदार्थ १० ग्राम र गाँजाको धुलो जस्तो देखिने ३५ ग्राम फेला परेको जानकारी दिए ।
जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको विकले बताए ।
प्रकाशित मिति २०८० मंसिर ९ गते शनिबार ०६:०१