२०८३ साउन २१ गते बिहीबार

क्रस कन्ट्रीमा नेपाली खेलाडीको बर्चस्व

क्रस कन्ट्रीमा नेपाली खेलाडीको बर्चस्व

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १० गते आइतबार ०४:००

सामूहिक र व्यक्तिगत विधामै नेपाली खेलाडीले वर्चस्व कायम गर्न सफल भएका हुन् ।

पोखरा

पोखरामा सम्मन नेपाल पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्रीमा नेपाली खेलाडीले वर्चस्व कायम गरेका छन् । सामूहिक र व्यक्तिगत विधामै नेपाली खेलाडीले वर्चस्व कायम गर्न सफल भएका हुन् ।

१७ किलोमिटर दौड, २२ किलोमिटर साइक्लिङ र १ किलोमिटर डुंगा दौड गरेर ४० किलोमिटर दूरीको सामूहिक प्रतिस्पर्धामा सुमन कुलुङ, रमेश लिम्बु र इन्द्रकला नेम्बाङको समूह विजेता बन्यो । उनीहरुले उपाधिसँगै ३ लाख ६० हजार रुपैयाँ प्राप्त गरे ।

वसन्त थारु, मुकेश थारु र श्रेवि महर्जनको समूह दोस्रो भयो । प्रेमसिंह थारा, रमेश कुमार लिम्बु र केशरी थापा मगरको समूह तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो ।

दोस्रोले २ लाख ८८ हजार रुपैयाँ, तेस्रोले २ लाख १६ हजार रुपैयाँ पाएका छन् । यो विधामा १० नेपाली र ३ चिनियाँ टोली प्रतिस्पर्धामा थिए ।

३८ किलोमिटरको व्यक्तिगत प्रतिस्पर्धामा पुरुषतर्फ नेपाली सेनाका धावकले वर्चस्व देखाए । होमलाल श्रीस विजेता हुँदा बेदबहादुर सुनुवार दोस्रो, तीर्थ तामाङ तेस्रो, करन रावल चौथो भए ।

महिलातर्फ नेपालकै मञ्जु रावत विजेता भइन् । पदमकुमारी सुनुवार दोस्रो, चीनकी चेङ जुनेइ तेस्रो र सिर्जना कुलुङ चौंथो बनिन् ।

महिला पुरुष दुवै विधाका विजेताले जनही १ लाख ४४ हजार रुपैयाँ, दोस्रोले १ लाख ८ हजार रुपैयाँ, तेस्रोले ५४ हजार रुपैयाँ र चौथोले १८ हजार रुपैयाँ जितेका छन् ।

विद्यार्थी दौड प्रतियोगितामा कुमदिनी होम्सका कृष्ण परियार र छोरेपाटन माविकी नारायणी भण्डारी विजेता बन्दै २५ हजार रुपैयाँ हात पारेका हुन् ।

छात्रतर्फ तेन्जन मगर दोस्रो बादल कार्की तेस्रो, कृष्ण घर्ती चौथो र भगतसिंह गुरुङ पाँचौं बने ।

छात्रातर्र्फ एन्जिला जिटी दोस्रो, गीता श्रेष्ठ तेस्रो, कञ्चन लिम्बु चौथों र कविता मगर पाँचौं भइन् ।

विद्यार्थी दौडमा छात्रछात्रातर्फका दोस्रोले जनही २० हजार रुपैयाँ, तेस्रोले १५ हजार रुपैयाँ, चौथोंले १० हजार रुपैयाँ र पाँचौले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रकाशित मिति २०८० मंसिर १० गते आइतबार ०४:००
हजुरको प्रतिक्रिया