२०८३ असोज २३ गते शुक्रबार

नेकपा सचिवालय बैठक आज

नेकपा सचिवालय बैठक आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २० गते शनिबार १०:४७

काठमाडौं । नेकपा सचिवालयको बैठक आज फेरि बस्दै छ । गत मंगलबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा...

काठमाडौं । नेकपा सचिवालयको बैठक आज फेरि बस्दै छ । गत मंगलबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकअघि प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् ।

आजको बैठकले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकल प्रस्ताव पेस गरेका थिए । त्यसपछि दश दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका थिए ।

यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी छ । ओलीले प्रचण्डसँग प्रत्यक्ष छलफल नगरे पनि ओली निकट नेताहरुले प्रचण्डलाई भेटेर छलफल गर्दै आएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत प्रचण्ड र ओलीसँग अलग–अलग छलफल गरेर सहमतिको प्रयास गरेकी थिइन् । राष्ट्रपतिको यो सक्रियताको सर्वत्र आलोचना भइरहेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर २० गते शनिबार १०:४७
हजुरको प्रतिक्रिया