२०८३ कात्तिक १० गते सोमबार

कमला नदीमा किन लाग्छ भूत मेला ? (तस्वीरहरू)

कमला नदीमा किन लाग्छ भूत मेला ? (तस्वीरहरू)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ११ गते सोमबार ०६:२६

यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ ।

धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा आज भूत मेल लागेको छ ।

कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने भूत मेलामा एकाबिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लाग्छ ।

आइतबार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिराहा र धनुषाको सिमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायतका घाट पुगेका छन् ।

धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कात्ति शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको सर्वसाधारण बताउँछन् ।

यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन नयाँ-नयाँ धामी झाँक्री बन्ने तथा तन्त्रमन्त्रमा सिद्ध पाउने जनविश्वास रहेको छ ।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ-आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।

सर्वसाधारणहरु पनि आजका दिन कमला स्नान गरे दु:ख कलेस पापबाट मुक्त हुने विश्वास रहेको छ ।

प्रकाशित मिति २०८० मंसिर ११ गते सोमबार ०६:२६
हजुरको प्रतिक्रिया