पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रीकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) सामु १९८ रनको विशाल लक्ष्य प्रस्तुत छ ।
पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनायो । मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धसतक प्रहार गरे ।
शाह ३६ बलमा ५७ रन र शेखले ३२ बलमा ५० बनाएर आउट भए । पवन सराफले १९ बलमा ३३ रन बनाए । रुपेश सिंहले ८ बलमा २१, हिमान्शु दत्तले १५, कप्तान हरिशंकर शाहले १० बनाएर आउट भए । मधेसका लागि ६ जना ब्याट्सम्यानले दाेहाेराे अंक जाेडन सफल हुँदा एपीएफसामू १९८ रनकाे विशाल लक्ष्य प्रस्तुत भयाे ।
बलिङतर्फ एपीएफका मौसम ढकालले सर्वाधिक ३ विकेट लिए । अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएकाे एपीएफ याे समाचार तयार पार्दासम्म साताैं ओभरकाे समाप्तीमा २ विकेट गुमाएर ५९ रन जाेडन सफल भएकाे छ । उसका लागि प्रदीप एैरी १५ र सन्दीप जाेरा २७ रनका साथ खेलिरहेका छन् ।
यसअघि बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रकाशित मिति २०८० मंसिर १४ गते बिहीबार ०३:१९




