२०८३ असोज २४ गते शनिबार

राजनीति

नेपाली कांग्रेसको गण्डकी सम्मेलन पुस ३ र ४ गते पोखरामा

नेपाली कांग्रेसको गण्डकी सम्मेलन पुस ३ र ४ गते पोखरामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १४ गते बिहीबार ०६:३३

४ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने

संघीयतापछि कांग्रेसकाे पहिलो प्रदेश सम्मेलन

नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलन पुस ३ र ४ गते पोखरामा हुने भएको छ ।

सम्मेलन पोखरा सभागृहमा हुने र ४ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसका गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए ।

संघीयतापछि कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्न लागेको हो । कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले यो सम्मेलनले कांग्रेसको आन्तरिक जीवनलाई चलायमान बनाउने बताए ।

गण्डकीका ११ वटै जिल्लाका प्रतिनिधि र केन्द्रीय शीर्ष नेताबीच सम्मेलनले पुलको काम गर्ने तथा सुस्त बनेको संगठनलाई चुस्त बनाउने शर्माको विश्वास छ ।

कांग्रेसको मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते, बागमतीको पुस ७ गते, कोशीको पुस ९ गते र लुम्बिनीको मंसिर १६ र १७ गतेका लागि तय भएको नेपाली कांग्रेसले जनाएको छ ।

 

प्रकाशित मिति २०८० मंसिर १४ गते बिहीबार ०६:३३
हजुरको प्रतिक्रिया