२०८३ असोज २३ गते शुक्रबार

माओत्से गुरुङको ‘दयारानी’ माघ २६ गतेबाट प्रदर्शन हुने

माओत्से गुरुङको ‘दयारानी’ माघ २६ गतेबाट प्रदर्शन हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १४ गते बिहीबार ०६:४४

फिल्ममा दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेकाे छ ।

अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको फिल्म ‘दयारानी’ आगामी माघ २६ गतेबाट प्रदर्शन हुने भएकाे छ।

फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारको अभिनय छ। बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित फिल्मलाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन् । गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भन्ने गरिन्छ । निर्देशक माओत्से गुरुङका अनुसार फिल्ममा अभिनेत्री दीया पुनलाई दयालु युवतीको रुपमा प्रस्तुत गरिएको छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । फिल्मकाे गीत राजनराज सिवाकाेटी र मन क्षेत्रीले लेखेका छन् । राजनराज सिवाकाेटी र बिनाेद बानियाकाे संगित रहेकाे फिल्मका गीतहरूमा मेलिना राइ, बिनाेद बानियाँ र राजनराज सिवाकाेटीले स्वर दिएका छन् ।

यसअघि पटक पटक रिलिज डेट सरेकाे फिल्म आगामी माघ २६ गतेबाट प्रदर्शन हुने भएसँगै निर्माण यूनिटले फिल्मकाे प्रचारप्रसारलाइ समेत तिव्रता दिएकाे छ। याेसँगै फिल्म फिल्मकाे अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार पनि बिक्री भएको छ ।

अभिनेता माओत्से गुरुङको डेव्यु निर्देशकिय रहेको दयारानीको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो ।

निर्माण कम्पनी बाँसुरी फिल्मस् र सेभेन सिज इन्टरटेनमेन्टबीच फिल्म रिलिजलाई लिएर औपचारिक रुपमा लिखित सम्झौता भएको थियो । फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस्ले वितरण गर्नेछ ।

प्रकाशित मिति २०८० मंसिर १४ गते बिहीबार ०६:४४
हजुरको प्रतिक्रिया