काेराेनाका कारण प्रदेशभर १६६ जनाले ज्यान गुमाए
पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पाेखरामा थप ३ जनाकाे ज्यान गएकाे छ । पोखराका बिभिन्न अस्पतालमा उपचारत थप तीन जनाको कोरोना संक्रमणबाट शनिबार पोखरामा निधन भएको हाे।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, पोखरा महानगरपालिका वडा नम्बर १७ का ५७ वर्षीय संक्रमित पुरुषको निधन भएको छ । उनको आज बिहान ४ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनलाई कार्तिक २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । नीजमा काेभिड निमाेनिया र डायविटिजकाे समेत समस्या रहेकाे निर्देशनालयले जनाएकाे छ ।
पोखरा ११ की ७२ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति पौने ९ बजे फिस्टेल अस्पताल पोखरामा निधन भएको हो । मृतक महिलालाई मंसिर १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यता फिस्टेल अस्पताल पोखरामा नै पोखरा महानगरपालिका वडा नम्बर १२ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको पनि निधन भएको छ । उनको आज दिउँसो सवा १२ बजे निधन भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार उनलाई मंसिर १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ६६ पुगेको छ ।
प्रकाशित मिति २०७७ मंसिर २० गते शनिबार ०३:४३




