१८ करोड रुपैयाँ लगानीमा अस्पतालको सुविधासम्पन्न भवन निर्माणकै क्रममा
पोखरा
मादी गाउँपालिकास्तरीय १५ शैया क्षमताको अस्पतालको आधारभूत सेवा सञ्चालनमा आएको छ ।
मादी गाउँपालिका ७, छाचोकमा बिहीबार अस्पतालको आधारभूत सेवा उद्घाटन गरिएको हो ।
आधारभूत सेवा सञ्चालनमा आए पनि अस्पतालको भवन भने निमार्णाधीन छ ।
१८ करोड रुपैयाँ लगानीमा अस्पतालको सुविधासम्पन्न भवन निर्माणकै क्रममा रहेको बरालले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष देवीजंग गुरुङका अनुसार उक्त अस्पतालको भवन २ वर्षभित्र बनिसक्ने छ ।
सोही अवसरमा रोटरी इन्टरनेशनल र क्रियट होप इन द वल्र्डले छाचोक कम्युनिटी केन्द्रमा मेडिकल सामग्री सहयोग गरेको छ ।
अस्पताललाई आवश्यकता पर्ने भिडियो एक्सरे मेसिन, एक्सरे मेसिन, इसिजि, बिरामी शैया, प्रसूति शैयालगायत स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको गाउँपालिका स्वास्थ्य प्रमुख गोपालचन्द्र बरालले जानकारी दिए ।
आर.आइ डिस्ट्रीक ३२९२, रोटरी क्लब अफ पोखरा अन्नपूर्णले होस्ट क्लबको रुपमा स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
ती सामग्री कोरियाको आरआइ डिस्ट्रिक ३६९०, रोटरी क्लब अफ याङ्जुले सहयोग गरेको मादी गाउँपालिका ७ का अध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिए ।
प्रकाशित मिति २०८० मंसिर १४ गते बिहीबार ०७:२३




