२०८३ असोज २३ गते शुक्रबार

कन्दरा ब्यान्डको कन्सर्ट मिति सर्‍याे, अब पुस २७ गते हुने

कन्दरा ब्यान्डको कन्सर्ट मिति सर्‍याे, अब पुस २७ गते हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १५ गते शुक्रबार ०५:०६

पोखरा कन्दरा ब्यान्डले मंसिर १६ गते पोखरामा गर्ने भनेकोे सांगीतिक कन्सर्ट पुस २७ गतेका लागि सरेको छ । कन्दरा सांगीतिक अभियानअन्तर्गत पोखरा प्रदर्शनी केन्द्रमा स्थान अभावका कारण समय सार्नु परेको आयोजकले जानकारी दिएको छ । पोखरा...

पोखरा

कन्दरा ब्यान्डले मंसिर १६ गते पोखरामा गर्ने भनेकोे सांगीतिक कन्सर्ट पुस २७ गतेका लागि सरेको छ ।

कन्दरा सांगीतिक अभियानअन्तर्गत पोखरा प्रदर्शनी केन्द्रमा स्थान अभावका कारण समय सार्नु परेको आयोजकले जानकारी दिएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा हुने कन्दरा सांगीतिक अभियान कार्यक्रमस्थल उपलब्ध नभएका कारण सार्नु परेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

‘पहिला घरदेश अनि परदेश’ गीतसंगीत मार्फत् सन्देश प्रवाह गर्ने मूल उद्घोषका साथ आन्तरिक पर्यटन प्रवद्र्धन र पर्यटकलाई प्रोत्साहन गर्न अभियान थालिएको श्रेष्ठको भनाइ छ ।

कन्दरा ब्यान्डको व्यवस्थापक आदि ग्रुपका प्रबन्ध निर्देशक आशिष पराजुलीले कन्दरा सांगीतिक अभियानको सम्पूर्ण व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेकाले कन्दरा लाइभ कन्सर्ट भव्य र विशिष्ट हुने विश्वास दिलाएका छन् ।

गायक विवेक श्रेष्ठले पोखरामै बसेर कन्सर्टका लागि तयारी गरिरहेको सुनाए ।

‘पर्यटनको राजधानी पोखरामा नै बसेर कलाकारसँग रियाज गरिरहेको छु,’ उनले भने, ‘३० वर्ष पहिले पोखराबाटै स्थापना भएको कन्दरा पुनर्संरचनापछि पर्यटन प्रवद्र्धनका लागि सन्देशमुलक अभियानमा जोडिन पाउँदा उत्साहित छु ।’

देशका सातै प्रदेशमा गरिने सांगीतिक अभियानको प्रवर्धन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

कन्दरा ब्यान्डको उदय पोखराबाटै भएकाले यही थलोबाट पुनरागमन गर्न कार्यक्रम आयोजना गर्न थालिएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८० मंसिर १५ गते शुक्रबार ०५:०६
हजुरको प्रतिक्रिया