२०८३ असोज २४ गते शनिबार

फेवाताल किनारमा क्लबस्तरीय भलिबल हुने

फेवाताल किनारमा क्लबस्तरीय भलिबल हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १८ गते सोमबार ०७:०३

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रूपैयाँ प्राप्त गर्नेछ ।

पोखरा

पोखराको फेवाताल किनारमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पुस १४ देखि १६ गतेसम्म ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरूष भलिबल प्रतियोगिता’ हुने भएको हो ।

अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको २५ औं संस्करणको अवसरमा फेवाताल किनार बसुन्धरा पार्कमा भलिबल प्रतियोगिता हुनेछ ।

पुस १४ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा देशभरका क्लबले सहभागिता जनाउन पाउने पोखरा महानगरपालिका भलिबल संघका अध्यक्ष रामबहादुर लामिछानेले बताए ।

उनका अनुसार कम्तिमा १२ समूह सहभागी हुनेछन् । प्रत्येक समूहले २ जना राष्ट्रिय खेलाडी समावेश गर्न पाउने उनको भनाइ छ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रूपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७७ हजार ७७७ रूपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछ । बेस्ट सेटर, स्पाइकर, ब्लकर, सर्भर र डिफेन्डरलाई जनही ३/३ हजार रुपैयाँ दिइनेछ ।

पोखराको पर्यटन प्रबद्र्धनसँगै भलिबलको विकासको लागि प्रतियोगिताले सघाउने संघका अध्यक्ष लामिछानेको विश्वास छ ।

सामुदायिक एवं संस्थागत विद्यालयमा रहेका भलिबल खेलाडीलाई प्रतियोगिताले भलिबलप्रति ऊर्जा भर्ने उनको दाबी थियो ।

प्रकाशित मिति २०८० मंसिर १८ गते सोमबार ०७:०३

हजुरको प्रतिक्रिया