२०८३ असोज २३ गते शुक्रबार

मुख्य समाचार

त्रिभुवन विमानस्थलमा फेरि बरामद भयो ६ किलो सुन

त्रिभुवन विमानस्थलमा फेरि बरामद भयो ६ किलो सुन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २४ गते आइतबार ११:२०

प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकहरुलाई पनि पक्राउ गरेको छ

ज्याकेटको जोगीमा बिस्कुट जस्तो गरी डल्लो बनाइ ल्याइएको थियाे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो अवैध सुन बरामद भएको २ दिनपछि फेरि ६ किलो ५६५ ग्राम सुन बरामद भएको छ ।

भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुनसहित दुई विदेशी नागरिकलाई समेत पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिए ।

सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेका छन् ।

क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकहरुलाई पनि पक्राउ गरेको छ । यद्यपि, उनीहरुले आफ्नो संलग्नता स्वीकारेका छैनन् । विगतमा यूएई हुँदै नेपालमार्फत भारतमा तस्करी हुने सुनमा पनि सुडानी नागरिकको संलग्नता देखिँदै आएको छ ।

ज्याकेटको जोगीमा बिस्कुट जस्तो गरी डल्लो बनाइ ल्याइएको अवस्थामा सुन सहित इजिप्ट र सुडानका नागरिक पक्राउ गरिएको उनले जानकारी दिए ।

उनीहरु राती ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरू काठमाडौँ आएका थिए । बिहीबार पनि १४ किलो सुनसहित एक जनालाई पक्राउ गरिएको थियो ।

प्रकाशित मिति २०८० मंसिर २४ गते आइतबार ११:२०
हजुरको प्रतिक्रिया