२०८३ साउन २१ गते बिहीबार

पाेखरामा कारले ठक्कर दिँदा २ युवतीको मृत्यु

पाेखरामा  कारले ठक्कर दिँदा २ युवतीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २४ गते आइतबार ०८:२७

मृत्यु हुनेमा पोखरा–२५ की २३ वर्षीया अनिशा खड्का र पोखरा–५ जिरो बस्ने २४ वर्षीया भावना बराल

पाेखरा

पोखरामा कारले ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ ।

पोखरा–२६ स्थित पृथ्वीराजमार्गमा बा ००४१ नम्बरको कारले ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २ जनाकै ज्यान गएको हो ।

मृत्यु हुनेमा पोखरा–२५ की २३ वर्षीया अनिशा खड्का र पोखरा–५ जिरो बस्ने २४ वर्षीया भावना बरालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारले ठक्कर दिएपछि स्कुटर चालक खड्कालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बराललाई थप उपचारका लागि पोखराकै चरक अस्पतालमा रिफर गरिएको थियो । उनको पनि उपचारको क्रममा मृत्यु भएको हो ।

सवारी साधन र चालकलाई शिशुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति २०८० मंसिर २४ गते आइतबार ०८:२७
हजुरको प्रतिक्रिया