२०८३ साउन २१ गते बिहीबार

‘एक चिहान’ काे मञ्चन पौष ६ गतेसम्म निरन्तर

‘एक चिहान’ काे मञ्चन पौष ६ गतेसम्म निरन्तर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २५ गते सोमबार ११:५३

एक चिहान’ साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । प्रधानको उपन्यास एक चिहान पाठ्यक्रम विकास केन्द्रद्धारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरिएको छ ।

पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भैरहेको नाटक ‘एक चिहान’ काे प्रदर्शन जारी छ । मंसिर ११ गतेबाट मञ्चन सुरु भएको नाटक विधार्थीहरूले अत्याधिक रूचाएका कारण शाे हरू थपिएकाे थियटरका अध्यक्ष परिवर्तनले बताए ।

थियटरले हालसम्म  ‘एक चिहान’ काे  १८ ‘शोे’ मञ्चन गरिसकेकाे छ । जहाँ ३५ विद्यालयका ४ हजार भन्दा बढी विद्यार्थीले नाटक हेरिसकेको  थिएटरले जनाएको छ ।

एक चिहान’ साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । प्रधानको उपन्यास एक चिहान पाठ्यक्रम विकास केन्द्रद्धारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरिएको छ ।

नेपाली गरीब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थबादी नाटक हो । गरिबी, वाध्यता र विवस्ताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको नाटकमा विशेष गरि नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोशाक, नेवारी लवजले नाटकलाई परिपक्क बनाउन सघाएको छ ।

उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण तथा निर्देशन परिवर्तनले गरेका छन् । अञ्जु दाहालकाे सह–निर्देशन रहेकाे नाटकमा हरिदेवी कोइरालाको असारे गीत समेत समावेश छ ।

पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन भएको नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल, उमा पुन, गोपाल भुसाल, रञ्जु दाहाल, सुसन पौडेल तथा मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, प्रतिक घिमिरे, शुशिल बराल, रोहित पौडेल, प्रथम श्रेष्ठ, रमेशबाबु तिमल्सिना, सोनिया कार्की खत्री, अनुषा परियारकाे अभिनय रहेकाे छ ।

नाटक आगामी पौष ६ गतेसम्म निरन्तर मञ्चन हुनेछ ।

प्रकाशित मिति २०८० मंसिर २५ गते सोमबार ११:५३
हजुरको प्रतिक्रिया