२०८३ असोज २३ गते शुक्रबार

गलेश्वरमा एकैदिन ६ लाख २ हजार २३२ रुपैयाँ भेटी संकलन

गलेश्वरमा एकैदिन ६ लाख २ हजार २३२ रुपैयाँ भेटी संकलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २६ गते मंगलबार ०६:०८

गतबर्ष बालाचतुर्दशीमा साढे ४ लाख रुपैयाँ र अघिल्लो बर्ष ३ लाख २५ हजार रुपैयाँ संकलन भएको थियो ।

पोखरा

म्याग्दीको प्रसिद्ध तिर्थस्थल गलेश्वर शिवालयमा एकै दिन ६ लाख बढी भेटी संकलन भएको छ । बेनी नगरपालीका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै भेटी संकलन भएको हो ।

सोमबार बालाचतुर्दशीका दिन शतबीज छर्ने र दीपदान गर्ने भक्तजनबाट ६ लाख २ हजार २३२ रुपैयाँ भेटी संकलन भएको छ । करिब ४० हजार भक्तजन पूर्जाअर्चना गर्न आएको कोषका सचिव बलबहादुर खत्रीको दाबी छ ।

मंगलबार विहान संकलन भएको भेटी सार्वजनिक गरिएको थियो । खत्रीका अनुसार गतबर्ष बालाचतुर्दशीमा साढे ४ लाख रुपैयाँ र अघिल्लो बर्ष ३ लाख २५ हजार रुपैयाँ संकलन भएको थियो ।

गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयम उत्पत्ति ज्योर्तिलिङ्गको पुजा अर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाबाट श्रद्धालु भक्तजनहरु आएका थिए ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ ।

 

प्रकाशित मिति २०८० मंसिर २६ गते मंगलबार ०६:०८
हजुरको प्रतिक्रिया