२०८३ असोज २४ गते शनिबार

बेनी नगरस्तरीय रनिङ सिल्डको उपाधि प्रकाश माविलाई

बेनी नगरस्तरीय रनिङ सिल्डको उपाधि प्रकाश माविलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ३० गते शनिबार ०४:४५

अन्तर माध्यमिक छात्र/छात्राको प्रतिस्पर्धामा २७ पदक हात पार्दै प्रकाश मावि च्याम्पियन बनेको हो ।

म्याग्दी

बेनी नगरस्तरीय चौथों राष्ट्रपति रनिङ सिल्डको उपाधि प्रकाश माविले जितेको छ । अन्तर माध्यमिक छात्र/छात्राको प्रतिस्पर्धामा २७ पदक हात पार्दै प्रकाश मावि च्याम्पियन बनेको हो ।

बेनी नगरपालिकाले सञ्चालन गरेको रनिङ सिल्डमा प्रकाश माविले २२ स्वर्ण, ५ रजत गरी कुल २७ पदक जितेको छ । रनिङ सिल्डसँगै ५१ हजार रुपैयाँ प्रकाश माविले प्राप्त ग¥यो ।

५ स्वर्ण, १० रजत र २ काँस्यका साथ न्यू वेष्ट पोइन्ट आवासीय मावि दोस्रो भएको छ । माउण्ट एभरेष्ट आवासीय माविले २ स्वर्ण, १ रजत र २ काँस्य हात पार्दै तेस्रो स्थान हासिल गरेको छ ।

दोस्रो र तेस्रोले क्रमशः ४० हजार र ३० हजार रुपैयाँ पाए । विजयी खेलाडी र विद्यालयलाई मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा व्यक्तिगततर्फ मार्शल आर्ट, तेक्वान्दो, कराँते र उसुका खेल भएको थियो । सामूहिकमा एथलेटिक्स, कबड्डी र भलिबलका खेल भएको हो ।

२५ विद्यालयको सहभागिता रहेको थियो । जिल्लास्तरीय प्रतिस्पर्धाका लागि खेलाडी छनोटसमेत गरिएको छ । खेलाडीलाई प्रशिक्षणमा सघाउने राष्ट्रपति रनिङ सिल्डका संयोजक चक्र केसीले बताए ।

प्रकाशित मिति २०८० मंसिर ३० गते शनिबार ०४:४५

हजुरको प्रतिक्रिया