२०८३ कात्तिक ११ गते मंगलबार

गण्डकी प्रदेश र कास्कीमा काेराेनाकाे ताजा अवस्था यस्ताे

गण्डकी प्रदेश र कास्कीमा काेराेनाकाे ताजा अवस्था यस्ताे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २२ गते सोमबार ०८:१४

पाेखरा । गण्डकी प्रदेशमा हालसम्म १२ हजार ७७४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । १ लाख १२ हजार ११९ जनाकाे काेराेना परिक्षणबाट साे संख्याका संक्रमित भेटिएका हुन् । याे अवधिमा ७ हजार ४७८ जना भने निकाे भएका छन् । हालसम्म...

पाेखरा । गण्डकी प्रदेशमा हालसम्म १२ हजार ७७४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । १ लाख १२ हजार ११९ जनाकाे काेराेना परिक्षणबाट साे संख्याका संक्रमित भेटिएका हुन् । याे अवधिमा ७ हजार ४७८ जना भने निकाे भएका छन् ।

हालसम्म प्रदेशभर ५ हजार १२५ जना सक्रिय संक्रमित रहेका छन् भने काेराेनाकै कारण हालसम्म् १७१ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लाे २४ घण्टामा प्रदेशभर कुल ५ सय २१ जनाकाे काेराेना परिक्षण भएकाे छ । जसबाट थप ८८ जना संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । याे अवधीमा ८१ जना निकाे भएका छन् भने १ जनाकाे ज्यान गएकाे छ । पछिल्लाे २४ घण्टामा संक्रमित हुनेहरूमा सर्वाधिक धेरै कास्कीका ५३ जना रहेका छन् । जसमा मादी गाउँपालिकाका ४ जना बाहेक अरू संक्रमित पाेखरा महानगरपालिकाका  हुन् ।  नवलपरासी पूर्वका १५ जना, लजमुङ र तनहुँका समान ७ जना संक्रमित थपिँदा स्याङ्जाका ३ जना, गाेरखाका २ जना तथा पर्वतका थप १ जना संक्रमित बनेका हुन् ।

प्रदेशमा सर्वाधिक धेरै संक्रमणकाे चपेटामा कास्की परेकाे छ । कास्कीमा हालसम्म ५ हजार ५७५ जनामा काेराेना पुष्टि भएकाे छ भने १८३० जनाले काेराेना जितेका छन् ।कास्कीमा हाल ३ हजार ६५३ जना सक्रिय संक्रमित रहेका छन् । काेराेनाकै कारण कास्कीमा हालसम्म ९२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति २०७७ मंसिर २२ गते सोमबार ०८:१४
हजुरको प्रतिक्रिया