२०८३ असोज २४ गते शनिबार

राजनीति

खाेइला प्रहार गर्नेलाई रविले माला लगाएर छाड्नु भने तर अभद्र मुद्धा चलाइयो

खाेइला प्रहार गर्नेलाई रविले माला लगाएर छाड्नु भने तर अभद्र मुद्धा चलाइयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ८ गते आइतबार ०६:३५

मकैको खोइला प्रहार गरेका लमजुङ राइनास नगरपालिका वडा नम्बर ८ का सन्तोष रानाभाटलाई जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको हो

१० दिन थुनामा राखेर अनुसन्धान गरिँदै

पाेखरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार पोखराको अमरसिंह चोकमा मकैको खोइला प्रहार गर्नेलाई प्रहरीले सार्वजनिक ठाउँमा शान्ति भंग गरेको असुरमा अभद्र मुद्धा अगाडि बढाएको छ ।

सभामा रविले बोल्दै गर्दा मकैको खोइला प्रहार गरेका लमजुङ राइनास नगरपालिका वडा नम्बर ८ का सन्तोष रानाभाटलाई जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको हो ।

खोइला प्रहार गर्नेलाई फूलमाला लगाएर ससम्मान घर पठाउन भनिएको भए पनि प्रहरी मुद्धा अगाडि बढाएको छ ।

प्रहरीले राइनासबाट उनको विवरण मगाएर सार्वजनिक स्थलमा शान्ति सुरक्षा भंग गरेकोमा अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।

राइनास–८ वडाध्यक्ष कृष्णबहादुर रानाभाटले खोइला प्रहार गर्ने सन्तोषको परिवारमा अन्य व्यक्ति साथमा नरहेको र उनी राजनीतिक आस्था राख्ने व्यक्ति पनि नभएको बताए ।

करिब आधा घण्टा मन्तव्य राख्दा अधिकांश समय खोइला प्रहारकै वरिपरी बोल्दै रविले उनलाई कुनै पनि मुद्धा नचलाइ, कागज नगराई छाडिदिने पूर्व उपप्रधान तथा गृहमन्त्रीका हैसियतले पनि आदेश दिएको बताएका थिए । तर, प्रहरीले रास्वपा वा कुनै व्यक्तिको उजुरीका आधारमा नभइ प्रहरी प्रतिवेदनका आधारमा मुद्धा अगाडि बढाइएको एसपी थापाले बताए ।

वडाध्यक्ष कृष्णबहादुरले भने ती व्यक्तिलाई मुद्धा चलाएर हिरासतमा राख्नेबाहेक कुनै अर्थ नभएको बताए ।

पूर्व गृहमन्त्री, उनको पार्टीबाट कसैले उजुरी नगरे पनि अनुसन्धान अगाडि बढाउनु प्रहरीको जिम्मेवारी भएको एसपी थापाको भनाइ छ ।

रविमाथि मर्कैको खोइला प्रहार भएपछि उनी पोखराको सूर्य दर्शन सहकारीको बचतकर्ता भएकोसमेत चर्चा भएको थियो ।

सूर्य दर्शन सहकारी रविकै नेतृत्वमा खुलेको ग्यालेक्सी फोर के टेलिभिजनकासमेत अध्यक्ष रहेका जीवी राइको समूहले खोलेको हो ।

प्रकाशित मिति २०८० पुस ८ गते आइतबार ०६:३५
हजुरको प्रतिक्रिया