२०८३ कात्तिक ११ गते मंगलबार

भेटिएनन् मर्दीमा हराएका माइकल, पालिका र व्यवसायीबीच आराेपप्रत्याराेप

भेटिएनन् मर्दीमा हराएका माइकल, पालिका र व्यवसायीबीच आराेपप्रत्याराेप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १६ गते सोमबार ०५:४०

शनिबारदेखि मर्दीबाट सम्पर्कविहीन बनेका स्विडेनका युवा ३ दिनसम्म फेला परेका छैनन् । शनिबार बिहान करिब ४ बजे हाइक्याम्पबाट बेसक्याम्पतिर उक्लिएका उनी सोमबार बिहानसम्म सम्पर्कमा नआएका हुन् । स्विडेनका २० वर्षीय युवा माइकल लिउ...

शनिबारदेखि मर्दीबाट सम्पर्कविहीन बनेका स्विडेनका युवा ३ दिनसम्म फेला परेका छैनन् ।

शनिबार बिहान करिब ४ बजे हाइक्याम्पबाट बेसक्याम्पतिर उक्लिएका उनी सोमबार बिहानसम्म सम्पर्कमा नआएका हुन् ।

स्विडेनका २० वर्षीय युवा माइकल लिउ ब्लमबर्गको खोजीका लागि माछापुच्छ«े गाउँपालिका, मर्दीका व्यवसायी, एक्याप खटिएका छन् ।

तर, यी तिनवटै संगठनबीच समन्वय नभएको पाइएको छ । माइकलको अवस्थाबारे हालसम्म पत्ता नलागेपछि एकले अर्कालाई दोष लगाउन थालेका छन् ।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका अध्यक्ष राजकुमार तामाङले व्यवसायीले आफ्नै किसिमले माइकलको खोजी गरिरहे पनि स्थानीय तहबाट कुनै पहल नभएको दाबी गरे ।

खोज तथा उद्धारमा स्थानीय तहको भूमिका नदेखिएको उनको दाबी छ ।

यता, माछापुच्छ«े गाउँपालिकालेले भने दानबहादुर पौडेलको नेतृत्वमा आइतबारबाटै टोली खटाएको जानकारी दिएको छ ।

प्रवक्तला गणेश आचार्यले पौडेलको नेतृत्वमा ५ हिजैबाट खोजीमा लागिसकेको बताए ।

एक्याप प्रमुख डा रविन कडरियाले पनि संस्थाले आफ्नो तरिकाले खोजी गरिरहेको बताएका छन् ।

उनले एक्यापले आफ्नो चेकपोस्टबाट पनि जानकारी लिने काम भइरहेको बताए ।

उनका अनुसार माइकल थोरङ पास साथीहरुसँग गरे पनि मनास्लु कटिसकेपछि एक्लो भएको देखिएको जानकारी दिए ।

मर्दीमा योसँगै विभिन्न समयमा ५ जना पदयात्री बेपत्ता भइसकेका छन् ।

हालसम्म दुर्घटनामा परेका ७ जनालाई संस्थाको तर्फबाट उद्धार गरिएको मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समिति अध्यक्ष तामाङले जानकारी दिए ।

 

प्रकाशित मिति २०८० पुस १६ गते सोमबार ०५:४०
हजुरको प्रतिक्रिया