शनिबारदेखि मर्दीबाट सम्पर्कविहीन बनेका स्विडेनका युवा ३ दिनसम्म फेला परेका छैनन् ।
शनिबार बिहान करिब ४ बजे हाइक्याम्पबाट बेसक्याम्पतिर उक्लिएका उनी सोमबार बिहानसम्म सम्पर्कमा नआएका हुन् ।
स्विडेनका २० वर्षीय युवा माइकल लिउ ब्लमबर्गको खोजीका लागि माछापुच्छ«े गाउँपालिका, मर्दीका व्यवसायी, एक्याप खटिएका छन् ।
तर, यी तिनवटै संगठनबीच समन्वय नभएको पाइएको छ । माइकलको अवस्थाबारे हालसम्म पत्ता नलागेपछि एकले अर्कालाई दोष लगाउन थालेका छन् ।
मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका अध्यक्ष राजकुमार तामाङले व्यवसायीले आफ्नै किसिमले माइकलको खोजी गरिरहे पनि स्थानीय तहबाट कुनै पहल नभएको दाबी गरे ।
खोज तथा उद्धारमा स्थानीय तहको भूमिका नदेखिएको उनको दाबी छ ।
यता, माछापुच्छ«े गाउँपालिकालेले भने दानबहादुर पौडेलको नेतृत्वमा आइतबारबाटै टोली खटाएको जानकारी दिएको छ ।
प्रवक्तला गणेश आचार्यले पौडेलको नेतृत्वमा ५ हिजैबाट खोजीमा लागिसकेको बताए ।
एक्याप प्रमुख डा रविन कडरियाले पनि संस्थाले आफ्नो तरिकाले खोजी गरिरहेको बताएका छन् ।
उनले एक्यापले आफ्नो चेकपोस्टबाट पनि जानकारी लिने काम भइरहेको बताए ।
उनका अनुसार माइकल थोरङ पास साथीहरुसँग गरे पनि मनास्लु कटिसकेपछि एक्लो भएको देखिएको जानकारी दिए ।
मर्दीमा योसँगै विभिन्न समयमा ५ जना पदयात्री बेपत्ता भइसकेका छन् ।
हालसम्म दुर्घटनामा परेका ७ जनालाई संस्थाको तर्फबाट उद्धार गरिएको मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समिति अध्यक्ष तामाङले जानकारी दिए ।
प्रकाशित मिति २०८० पुस १६ गते सोमबार ०५:४०




