२०८३ असोज २३ गते शुक्रबार

दया र दीया फिचर्ड दयारानीको ‘चोरी चोरी’ सार्वजनिक

दया र दीया फिचर्ड दयारानीको ‘चोरी चोरी’ सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १७ गते मंगलबार ०३:२८

पाेखरा । माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म 'दयारानी'को अर्काे एउटा गीत सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको 'चोरी चोरी' बोलको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र दीया पुन...

पाेखरा । माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘दयारानी’को अर्काे एउटा गीत सार्वजनिक भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको ‘चोरी चोरी’ बोलको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् । मनोज थापा मगरको संगीत तथा हर्क साउँदको शब्द रचना रहेको गीतमा संगीतकार थापा मगर र सदिक्षा कट्टेलको स्वर सुन्न सकिन्छ । निर्माण यूनिटले गीतकाे लिरिकल भिडियाे सार्वजनिक गरेकाे हाे ।

अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका हुन् । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।

आगामी माघ २६ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

फिल्ममा राजनराज सिवाकाेटी, मन क्षेत्री र हर्क साउदकाे गीत तथा विनाेद बानियाँ, मनाेज थापामगर र राजनराज सिवाकाेटीकाे संगित रहेकाे छ ।

प्रकाशित मिति २०८० पुस १७ गते मंगलबार ०३:२८
हजुरको प्रतिक्रिया