२०८३ असोज २४ गते शनिबार

पाेखरा वडा १६ मा पुस १९ देखि वडाध्यक्षकप भलिबल प्रतियाेगिता

पाेखरा वडा १६ मा पुस १९ देखि वडाध्यक्षकप भलिबल प्रतियाेगिता

सविना राना

@Public 4K Tv

२०८० पुस १८ गते बुधबार ११:५२

पोखरा महानगरपालिका वडा नं. १६ तुम्केमा पुस १९ गतेदेखि महिलापुरुष वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । आगामी मेयर कपमा खेलाडी छनोटका लागि प्रतियोगिता गर्न लागिएको खेल संयोजक दीपक केसीले जानकारी दिए । वडा खेलकुद विकास...

पोखरा महानगरपालिका वडा नं. १६ तुम्केमा पुस १९ गतेदेखि महिलापुरुष वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।

आगामी मेयर कपमा खेलाडी छनोटका लागि प्रतियोगिता गर्न लागिएको खेल संयोजक दीपक केसीले जानकारी दिए ।

वडा खेलकुद विकास समितिको आयोजना र नमुना क्लब तुम्केको समन्वयमा तुम्केस्थित नमुना खेल मैदानमा हुने प्रतियोगिता पुस २१ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र आगामी मेयर कपमा उत्कृष्ट पनि उत्कृष्ट प्रदर्शन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको केसीले जानकारी दिए ।

प्रतियोगिताको अवसरमा अघिल्लो संस्करणको मेयर कपमा द्वितीय स्थान ल्याएको वडाका खेलाडीलाई सम्मान गरिनेसमेत आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा १० समूह सहभागी नमुना क्लबका सचिव मन गुरुङले बताए ।

प्रतियोगिताका लागि वडाले १ लाख रुपैयाँ विनियोजन गरेको छ ।

टिम दर्ता गर्न पुरुष टिमले १ हजार रुपैयाँ बुझाउनु पर्नेछ भने महिला टिमलाई निशुल्क व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

टिम दर्ता पौष १९ गते बिहानको ११ बजेभित्र टिम गरिसक्नुपर्नेछ ।

प्रकाशित मिति २०८० पुस १८ गते बुधबार ११:५२
हजुरको प्रतिक्रिया