२०८३ असोज २४ गते शनिबार

उपाधिका लागि कोशीले पायो ११५ रनको लक्ष्य

उपाधिका लागि कोशीले पायो ११५ रनको लक्ष्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १८ गते बुधबार ०१:५५

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० कप २०८० को उपाधीका लागि एपीएफ क्लबले कोशी प्रदेशलाई ११५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कोशीले ११४ रन बनाएको हो । कोशीका...

अप्सरी बेगमकाे प्रतियोगिताकै पहिलो ह्याट्रिक

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० कप २०८० को उपाधीका लागि एपीएफ क्लबले कोशी प्रदेशलाई ११५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कोशीले ११४ रन बनाएको हो ।

कोशीका लागि अप्सरी बेगमले प्रतियोगिताकै पहिलो ह्याट्रिक विकेट लिइन् । १११ मा पाँचौं विकेटको रुपमा सर्वाधिक रनकर्ता इन्दु बर्मालाई ५३ रनमा गुमाएको एपीएफले त्यसपछि लगातार नेरी अर्धशतकीय पारीमा गुमाएको एपीएफका लागि इन्दुपछि नेरी थापा र सानु राजवंशीलाई गुमाएको थियो ।

एपीएफका लागि ज्योति पाण्डेले २७, रोमा थापाले १४, सरिता मगरले ९ र करुणा भण्डारीले अविजित दुई रन जोडे । कोशीका लागि अलिसा खडियाले २, रुविना क्षेत्री र निशा शाहले १÷१ विकेट लिए ।

कोशीले पहिलो क्वालिफायर्समा एपीएफसँग ५२ रनले पराजय व्यहोरेको थियो । त्यसपछि दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै पुनः फाइनल प्रवेश गरेको थियो ।

 

प्रकाशित मिति २०८० पुस १८ गते बुधबार ०१:५५
हजुरको प्रतिक्रिया