२०८३ साउन २१ गते बिहीबार

पृथ्वी राजमार्ग बसको टिकट घरबाटै

पृथ्वी राजमार्ग बसको टिकट घरबाटै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १८ गते बुधबार ०६:४०

दैनिक ८ हजार यात्रुले अनलाइनमार्फत टिकट काट्न सक्ने उनको भनाइ छ ।

पोखरा

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको टिकट यात्रुले घरबाटै काट्न मिल्ने सुविधा ल्याएको छ ।

कम्पनीले डिजिटल सेवा सञ्चालन गदैै अनलाइनबाट टिकट काट्ने मिल्ने व्यवस्था मिलाएको हो ।

प्रविधिको तिब्र प्रयोगलाई आत्मसाथ गर्दै यातायातको क्षेत्रमा प्रविधिको प्रयोग गरेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए ।

‘यात्रुलाई सहज र स्तरीय सेवा दिन पूर्ण अटोमेशनमा गएका छौं’, उनले भने ।

बससेवासँगको सहकार्यमा बुधबारदेखि अनलाइन टिकटको शुभारम्भ गरेको हो ।

यात्रुले पृथ्वी बस डटकम डट एनपी, पृथ्वी बस सञ्चालक कम्पनीको मोबाइल एप्लिकेशन, बससेवा डटकम र बससेवाको मोबाइल एप्लिकेशनमार्फत टिकट काट्न सक्नेछन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले देशका ४१० बढी रुटमा सेवा दिन्छ । नेपालका प्रमुख ३० बढी शहरबाट १ हजार ३५० बसमार्फत सेवा दिइरहेको अध्यक्ष केसीले जानकारी दिए ।

अनलाइनमार्फत टिकट काटेका यात्रुले इसेवासँगै मोबाइल बैकिङमार्फत शुल्क तिर्न सक्ने बस सेवाका प्रमुख पिआर खनालले बताए ।

दैनिक ८ हजार यात्रुले अनलाइनमार्फत टिकट काट्न सक्ने उनको भनाइ छ ।

खनालले भने, ‘यो सेवाबाट आम यात्रुले थप नयाँ अनुभवका साथ यात्रा गर्न पाउनेछन् र उहाँहरुलाई सहजता हुनेछ ।’

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले टिकट मात्रै नभएर कार्यालयको सेवा पनि पूर्ण रुपमा कम्प्युटराइज प्रणालीमा रुपान्तरण गरेको छ ।

कार्यालय सञ्चालन, चलानी, अभिलेख जस्ता काम सफ्टवेयरमार्फत नियन्त्रण हुने जनाइएको छ ।

प्रकाशित मिति २०८० पुस १८ गते बुधबार ०६:४०

हजुरको प्रतिक्रिया