२०८३ असोज २३ गते शुक्रबार

कन्दराकाे पुनरागमन कन्सर्ट आज

कन्दराकाे पुनरागमन कन्सर्ट आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २७ गते शुक्रबार १२:३३

कन्सर्टमा ८ हजार दर्शक आउने अनुमान गरिएको छ । सर्वसाधरणलाई ३ सय रुपैयाँ र भिआइपीलाई १ हजार रुपैयाँ टिकटको मुल्य तोकिएको छ ।

पोखराबाट उदाएको लोकप्रिय ब्याण्ड कन्दराले लामाे समयपछि आज पाेखरामा पुनरागमन कन्सर्ट गर्दैछ । लामाे समयपछि सांगितिक माहाैलमा फर्किएकाे कन्दराले  ‘पहिला घरदेश अनि परदेश’  उद्घाेषका साथ पोखरामा गुञ्जने तयारी गरेकाे हाे ।

आज शुक्रबार साँझ पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने कन्सर्टकाे सम्पूर्ण तयारी पुरा भएकाे व्याण्ड मेम्बर सुनिल थापाले बताए ।

कन्दराको कन्सर्टमा लिड भोकलिस्ट विवेक श्रेष्ठ श्रेष्ठसँगै सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झाको समूहले डेढ दर्जन गीत संगीत प्रस्तुत गर्नेछन् ।

कन्दराले अहिलेसम्म ६ वटा एल्वम बजारमा ल्याएको छ । देश विदेशमा २ सयभन्दा बढी कन्सर्ट गरिसकेको छ ।

कन्सर्टमा ८ हजार दर्शक आउने अनुमान गरिएको छ । सर्वसाधरणलाई ३ सय रुपैयाँ र भिआइपीलाई १ हजार रुपैयाँ टिकटको मुल्य तोकिएको छ ।

कन्दरा पोखराबाट उदाएर भारतको नागाल्याण्ड र सिलोङमा एक कन्सर्ट गरेर सिमापारी पनि वर्चस्व कायम गर्न सफल ब्याण्ड थियो । जापान, हङकङ, सिंगापुर, अष्ट्रेलिया, लण्डन, युरोप, दक्षिण कोरियाका सहर पनि कन्दराको अर्गानिक स्वादमा झुमेको इतिहास छ ।

प्रकाशित मिति २०८० पुस २७ गते शुक्रबार १२:३३
हजुरको प्रतिक्रिया