२०८३ असोज २३ गते शुक्रबार

मनोरञ्जन

पोखरामा गुञ्जियो ‘कन्दरा’

पोखरामा गुञ्जियो ‘कन्दरा’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २८ गते शनिबार १२:४२

कन्दराले पोखरा प्रदर्शनी केन्द्रमा करिब साढे ३ घण्टा आफ्नो प्रस्तुती दिएको थियो ।

चर्चित ब्यान्ड कन्दरा ब्यान्डले शुक्रबार पोखरामा आफ्नो गहकिलो सांगीतिक प्रस्तुति प्रस्तुत गरेको छ ।
कन्दराले पोखरा प्रदर्शनी केन्द्रमा करिब साढे ३ घण्टा आफ्नो प्रस्तुती दिएको थियो । कन्सर्टमा सहभागीहरुलाई ब्यान्डले आफ्नो नयाँ तथा पुरानो गीतमा झुमाउन सफल भएको थियो ।
पहिला घरदेश अनि परदेश भन्ने सन्देशसहितको कन्सर्टमा व्यान्डका भोकलिस्ट विवेक श्रेष्ठले चलेका र नयाँ गरी करिब २ दर्जन गीत गाए ।
पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले कन्दरा लाइभ कन्सर्ट पोखरामा भव्य रुपमा सम्पन्न भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनायण श्रेष्ठले बताए ।
‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्ने मूल उद्घघोषका साथ मुलुकका सातै प्रदेश र मुख्य सहरमा साँगीतिक कार्यक्रम गर्ने अभियानको सुरुवात पोखराबाट भव्य सुरुवात भएको अध्यक्ष श्रेष्ठले बताए ।
उक्त अभियानअन्तर्गत पहिलो कन्सर्ट पोखराबाट गरिएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८० पुस २८ गते शनिबार १२:४२
हजुरको प्रतिक्रिया