२०८३ असोज २४ गते शनिबार

पोखराको न्युरोडबाट ४ महिलासहित ९ जना जुवाडे पक्राउ

पोखराको न्युरोडबाट ४ महिलासहित ९ जना जुवाडे पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २९ गते आइतबार ०६:३१

४ बुम ताससहित नगद १ लाख २२ हजार १७५ रुपैयाँ बरामद

पाेखरा

४ महिलासहित ९ जना जुवाडेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति पोखराको न्युरोडमा छापा मारेको प्रहरीले तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा न्युरोडकी दीपा पुन, बगरका जीतबहादुर गुरुङ, सराङकोटकी पवित्रा ढकाल, फूलबारीका तीर्थबहादुर गुरुङ, बिरौटाकी आइती गुरुङ, नविन थापा, रामबजारका अमर खनाल, दिप्लव चोचांगी, र कुलबहादुर गुरुङ रहेका छन् । उनीहरुको साथबाट ४ बुम ताससहित नगद १ लाख २२ हजार १७५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गनए नहुने) मुद्वामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए ।

प्रकाशित मिति २०८० पुस २९ गते आइतबार ०६:३१
हजुरको प्रतिक्रिया