२०८३ कात्तिक ११ गते मंगलबार

विभिन्न मुद्दामा फरार ७७ जना पक्राउ

विभिन्न मुद्दामा फरार ७७ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २ गते मंगलबार १०:५३

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा अदालतबाट फरार रहेका ७७ जना प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुलाई पुस १ गतेदेखि २९ गतेसम्मको मितिमा पक्राउन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी...

पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा अदालतबाट फरार रहेका ७७ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

उनीहरुलाई पुस १ गतेदेखि २९ गतेसम्मको मितिमा पक्राउन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ गरिएका सबै प्रतिवादीलाई अदालतमा बुझाइसकिएको प्रहरीले जनाएको छ ।

डीएसपी विकका अनुसार उनीहरुबाट १६ वर्ष २ महिना १४ दिन कैद बाँकी छ भने ३ लाख ३ हजार ७०५ रुपैयाँ जरिवाना तिर्न बाँकी छ ।

कुन मद्दामा कति जना पक्राउ

  • चेक अनादार मुद्दामा ४४ जना,
  • सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा ३ जना,
  • जालसाझी मुद्दामा ३ जना,
  • लागू औषध मुद्दामा १३ जना,
  • अभद्र व्यवहार मुद्दामा १ जना,
  • झुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्दामा १ जना
  • जुवातास मुद्दामा ३ जना,
  • केही सार्वजनिक अपराध मुद्दामा १ जना
  • दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्दामा २ जना
  • ज्यान सम्बन्धी मुद्दामा १ जना
  • सवारी ज्यान मुद्दामा १ जना
  • गैर कानूनी कारोवार सम्बन्धी मुद्दामा १ जना
  • अपुतालि हक कायम सम्बन्धी मुद्दामा १ जना
  • लेनदेन (बिगो सम्बन्धी) मुद्दामा २ जना
प्रकाशित मिति २०८० माघ २ गते मंगलबार १०:५३
हजुरको प्रतिक्रिया