पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा अदालतबाट फरार रहेका ७७ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
उनीहरुलाई पुस १ गतेदेखि २९ गतेसम्मको मितिमा पक्राउन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
पक्राउ गरिएका सबै प्रतिवादीलाई अदालतमा बुझाइसकिएको प्रहरीले जनाएको छ ।
डीएसपी विकका अनुसार उनीहरुबाट १६ वर्ष २ महिना १४ दिन कैद बाँकी छ भने ३ लाख ३ हजार ७०५ रुपैयाँ जरिवाना तिर्न बाँकी छ ।
कुन मद्दामा कति जना पक्राउ
- चेक अनादार मुद्दामा ४४ जना,
- सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा ३ जना,
- जालसाझी मुद्दामा ३ जना,
- लागू औषध मुद्दामा १३ जना,
- अभद्र व्यवहार मुद्दामा १ जना,
- झुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्दामा १ जना
- जुवातास मुद्दामा ३ जना,
- केही सार्वजनिक अपराध मुद्दामा १ जना
- दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्दामा २ जना
- ज्यान सम्बन्धी मुद्दामा १ जना
- सवारी ज्यान मुद्दामा १ जना
- गैर कानूनी कारोवार सम्बन्धी मुद्दामा १ जना
- अपुतालि हक कायम सम्बन्धी मुद्दामा १ जना
- लेनदेन (बिगो सम्बन्धी) मुद्दामा २ जना
हजुरको प्रतिक्रिया




