२०८३ असोज २४ गते शनिबार

चौंथो टाइगर कपमा श्रीलंका आर्मी टिमसँग एपीएफ पराजित

चौंथो टाइगर कपमा श्रीलंका आर्मी टिमसँग एपीएफ पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २ गते मंगलबार ०३:३३

पोखरा पोखरामा जारी टाइगर कप भलिबलको पुरुषतर्फको खेलमा श्रीलंका आर्मी टिमसँग विभागीय टिम एपीएफ पराजित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोटमा भएको खेलमा श्रीलंकाको आर्मी टिमसँग एपीएफ ३–१ सेटले पराजित भएको हो । जारी प्रतियोगितामा...

पोखरा

पोखरामा जारी टाइगर कप भलिबलको पुरुषतर्फको खेलमा श्रीलंका आर्मी टिमसँग विभागीय टिम एपीएफ पराजित भएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोटमा भएको खेलमा श्रीलंकाको आर्मी टिमसँग एपीएफ ३–१ सेटले पराजित भएको हो ।

जारी प्रतियोगितामा सोमबार भएको खेलमा पहिलो सेटमा श्रीलंकन आर्मी क्लब पराजित भएको थियो ।

पहिलो सेटमा २३–२५ को हार व्यहोरेको श्रीलंका आर्मी त्यसपछिको सेटमा भने पुनरागमन गर्न सफल रह्यो ।

दोस्रो सेटदेखि लगातार जित निकाल्दै अन्ततः जित आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

दोस्रो सेट २५–१९ ले जितेको श्रीलंका आर्मीले तेस्रो सेटमा २५–२१ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको हो ।

आजै भएको महिलातर्फको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले भारतको हरियाण टिमलाई ३–२ को सेटमा हराएको थियाे ।

महिलातर्फ आजै बिहान भएको पहिलो खेलमा घरेलु टिम गण्डकी प्रदेश विभागीय टिम नेपाल पुलिससँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले समान पाँच लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन् ।

प्रकाशित मिति २०८० माघ २ गते मंगलबार ०३:३३
हजुरको प्रतिक्रिया