२०८३ असोज २४ गते शनिबार

मुख्य समाचार

साजनले बुबालाई भन्थेः रुसी सेनामा छिरेपछि निस्किने चान्सै रैनछ !

साजनले बुबालाई भन्थेः रुसी सेनामा छिरेपछि निस्किने चान्सै रैनछ !

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २ गते मंगलबार ०५:४२

काठमाडौं पुगेर मकाउ बिदाइ गरेको छोरो साजन रुसी फौजमा सामेल हुन जाला भन्ने बाबुले कल्पनासमेत गरेका थिएनन्

मकाउका लागि बिदाइ गरेको छोरो रुसी फौजमा

पाेखरा

अघिल्लो रात काठमाडौंमा सँगै बसेर मकाउका लागि असोज २ गते छोरा साजनलाई बिदाइ गरेका बाबु श्रीमान गुरुङ यतिबेला विक्षिप्त बनेका छन् ।

मकाउ जान्छु भनेपछि हार्न नसकेका लमजुङ दूधपोखरी–१ बाबु श्रीमानलाई छोरा साजन रुसी फौजमा भर्ती भएर ज्यान गएको खबर पाएका हुन् ।

श्रीमान आफैं दूधपोखरी वडा नम्बर १ मा निर्वाचित वडा सदस्य हुन् ।

कृषि क्षेत्रमा राम्रो अवसर आएको छ भनेर आफैंले काठमाडौं पुगेर बिदाइ गरेको छोरो साजन नै रुसी फौजमा सामेल हुन जाला भन्ने बाबुले कल्पनासमेत गरेका थिएनन् ।

१२ कक्षा पास गरेको, राजनीतिसमेत चासो राख्ने छोराले बुझेरै गयो होला भन्ने लागेको बताउँदै उनले फौजी पोशाकमा छोरोको फोटो फेसबुकमा देखेपछि उनले म्यासेन्जरमा कल गरेको जानकारी दिए ।

त्यसपछि जसरी पनि त्यहाँबाट भागेर आउन आफूले आग्रह उनले सुनाए । रुसी सेनामा भर्ती भएपछि उम्किन सम्भवै नरहेको छोराले जानकारी दिएको जनप्रतिनिधिसमेत रहेका बाबु श्रीमानले बताए ।

उनले यसअघि उनै साजनलाई मलेसियाबाट फर्काएका थिए । मलेसियाबाट फर्काए पनि मकाउ जाने भन्दै रुस पुगेपछि फर्काउन नसकेकोमा उनी यतिबेला विक्षिप्त छन् ।

साजन गरेको खबर आएपछि गुरुङ संस्कारअनुसार ३ दिन क्रिया कर्म गर्ने भए पनि छोराको एक दिनमै टुंग्याएको उनले बताए ।

तर, छोरा मरेको छ भन्ने अझै विश्वासै नलागेको उनको भनाइ थियो । उनले सरकारी निकायबाट आधिकारिक जानकारीको लागि पनि अपिल गरेका छन् ।

प्रकाशित मिति २०८० माघ २ गते मंगलबार ०५:४२
हजुरको प्रतिक्रिया